कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आइतवार दिउँसो  चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका– ७ का दीपक राना र मन्त्रा रानाको चट्याङ लागेर दुवै जनाको मृत्यु भएको हो ।

विवाहको तयारीमा रहेका प्रेम सम्बन्धमा बाँधिया प्रेम जोडी  दीपक राना र मन्त्रा रानाको दिउँसो अचानक आएको वर्षासँगैको चट्याङ लागेर दुवैको ज्यान गएको हो।

दुवैजना खोलामा माछा मार्न गएका वेला एक्कासि आएको चट्याङ लागेर  घाइते भएका दीपक राना र मन्त्रा राना दुवै  तत्काल अस्पताल लग्दै गर्दा दुवैको बाटोमै ज्यान गएको कृष्णपुर नगरका उपप्रमुख द्रोपती रानाले बताए ।

 

प्रतिक्रिया दिनुस