महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । कञ्चनपुर जिल्ला फूटबल संघ र सुदूरपश्चिम प्रदेश फूटबल संघको समन्वयमा महेन्द्रनगर युनाइटेड क्लबको आयोजनामा यहि माघ १२ गतेदेखि महेन्द्रनगरको खुल्ला मञ्चमा पुरुष खुल्ला युनाइटेड फूटबल आमन्त्रण कप –२०७७ हुने भएको हो।

सुदूरपश्चिम प्रदेशका क्लबको प्रतिनिधित्व हुने गरि महेन्द्रनगर क्षेत्रकै सबैभन्दा ठुलो धनराशि भएको पुरुष खुल्ला युनाइटेड फूटबल आमन्त्रण कपको आयोजना गरिएको पूर्व खेलाडी एवम् प्रतियोगिताका संयोजक महेन्द्र चन्दले बताए ।

प्रतिक्रिया दिनुस