जापान वैदेशिक रोजगारीको लागि सपनाको देश बन्दै गएकाले नेपाली युवा विभिन्न माध्यमको प्रयोग गरेर त्यहाँ श्रम बेच्न चाहन्छन्। विदेश जान रुचाउने युवाको आँखा जापानमा केन्द्रित हुुने गरे पनि नेपालमै राम्रो आम्दानी हुने विश्वासमा जापानबाट फर्केर नेपालमा आएका उदाहरण पनि छन्।
तर जापान नै युवाहरुको अन्तीम समना रहन सक्दैन्। युवाहरुले काम भन्दा क्षेत्र मनपराएरै नया आयाम दिएको यो सपनाको वास्वीकता गोरखापत्रमा नवीन शिशिर विकले लेखेका छन्। म्याग्दीको बेनी नगरपालिका–१ दिनेश रावल जापानबाट फर्केर नेपालमै काम गरेर उदाहरणीय बन्न पुग्नुभएको छ।
सके वैधानिक नसके अवैधानिक बाटो अपनाएर जापान जानेहरुको भीडबाट रावल भने जापान त्यागेर आफ्नै माटोमा पसिना बगाउन थाल्नुभएको छ । सन् २००८ मा विद्यार्थी भिषामार्फत् जापान जानु भएको रावल सन् २०१४ मा नेपाल फर्कनुभएको थियो। जापानमा गर्ने दुःख आफ्नै देशमा गर्न सके परिवारसँगै जीवन बिताउन सकिन्छ भन्ने सोचका साथ नेपाल फर्कनु भएका रावलले विदेशबाट फिर्किंदा साथ तनहुँको आवुखैरेनीमा आफ्नो दाईसँग होटल संचालन गरे।
राजमार्गको छेउमा संचालन भएको होटलमा ग्राहकको कमी थिएन्। जापानमा विहान उठेदेखि राति अबेरसम्म गरेको दुःख सम्झेर उनले आफ्नो होटल व्यवसायमा पनि त्यही अनुमातमा खटिएका थिए। राजमार्गको होटल भएको हुँदा ग्राहकको अभाव भएन’ उनले भने–‘ जापानमा विद्यार्थीले कमाउने बराबरको कमाई होटलबाट गर्न सकिन्थ्यो।’
चारवर्षको अवधिमा होटलले राम्रो कमाई दिएको थियो। यही बीचमा कोरोना त्रासले लामो समय होटल बन्द गरेर उहाँ परिवार तथा होटलका कामदारसहित आफ्नै गाउँ फर्किए। गाउँ फर्केर कृषि पेसा संचालन गर्ने सोचका साथ गाईभैँसी पाल्ने योजना बनाएर रावल पशुपालन तथा कृषि फर्म संचालन गरेका छन्। बन्दाबन्दीकै समयमा बनेको योजना अहिले कार्यान्वयनमा आएको छ। रावलले सात वटा उन्नतजातको भैँसी र दुई वटा उन्नतजातको गाई पालेर दुध बेच्न थाल्नुभएको छ ।
उनका दाई रमेश रावलले पनि चार वटा मुर्राभैँसी पाल्न सुरु गरेका हुन्। रावलको फर्मबाट अहिले दैनिक ५० लिटर दुध बेनी र बागलुङ बजारमा विक्री हुँदै आएको छ । ‘सुरुमा भैँसी पाल्छु भन्दा परिवार र गाउँलेले पत्याएनन्’ उनले भने,–‘लक डाउनका कारण परिवार कन्भिन्स भए ।’ जापानबाट फर्किदै कृषि गर्ने सोचका साथ आएको उनले सुनाए। ‘जापान बसेको, होटल गरेको मान्छेले के को भैँसी पाल्छन् भनेर धेरै सुन्नु प¥यो’ रावलले भने–‘अब यसैमा भविष्य बनाउने हो ।’ रावल परिवारले गाउँमै रेष्टुरेन्ट संचालनको तयारी पनि गरेको छ । भाईभैँसी खरिदलगायतको संरचना निर्माणमा करिव २२ लाख रुपियाँको लगानी भएको छ ।