केशव थापा

कञ्चनपुर,

कञ्चनपुर दक्षिणी क्षेत्र बेलडाँडी गाँउपालिकामा सम्पन्न भएको ‘बेलडाँडी फुटबल प्रतियोगिताको उपाधी झिलमिला युवा समाज(बि) टिमलाई पाईएको छ ।

शनिबार सम्पन्न भएको फाईनल प्रतियोगितामा झिलमिला युवा समाज(बि) टिमले दोधाराचाँदनी नगरको केएफसी क्बललाई लगातार ०का बिरुद्ध २गोल हाल्दै फुटबल प्रतियोगिताको उपाधी जितेको हो । हजारौँ दर्शकले खचाखच भरिएको खेलकुद मैदानमा झिलमिलाले आफ अघि र पछि २ गोल हानेर जित सुनिश्चित पारेको थियो ।

विजेता झिलमिला युवा समाज(बि)ले नगद ८२ हजार सहित ट्रफि,मेडल पाएको छ । भने, उपविजेता दोधाराको केएफसी क्लबले नगद ४५ हजार सहित ट्रफि मेडल पाएको छ ।

सुुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा अलस्टार युवा क्लबले गत शनिबार ७भदौँदेखि संचालन गौरा महेश्वरी मन्दिर खेलकुद मैदान क्षेत्रमा आयोजना गरेको आठौँ संस्करण अन्र्तरगत नकाउट खेल प्रतियोगिता शनिबारै १४भदौँमा सम्पन्न भएको हो । प्रतियोगितामा आयोजकका ३ सहित १६टिमविच प्रतिस्पर्धा भएको थियो । ग्रामिण भेगको खेलकुद बृद्धि विकासका लागि हरेक बर्ष प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ ।

विजेता टिमलाई पुरस्कार वितरण गर्दै बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले ग्रामिण भेगको खेलकुद बृद्धि विकासका लागि प्रतियोगिता सरानिय भएको बताए ।

विजेता टिमलाई पुरस्कार वितरण गर्दै बेलडाँडी गाँउपालिका उपप्रमुख शान्ति नाथले खेलकुद बृद्धि विकासका लागि पालिकाबाट सक्दो सहयोग गर्ने बताईन । बेलडाँडी गाँउपालिका १का वडाध्यक्ष गज बहादुर विष्टले आफ्नो वडामा रहेको क्लबले आयोजना गरेको प्रतियोगिताले बेलडाँडी खेलकुदमयी भएको बताए । बिजेता टिम बेलडाँडी गाँउपालिका ५का वडाध्यक्ष ईन्द्र सिह खडकाले वडाबाट खेलकुदका लागि आवश्यक योजना ल्याउने बताए ।

अलस्टार युवा क्लबका अध्यक्ष लोक बहादुर बलायरले ग्रामिण भेगमा खेलाडी उत्पादनदेखि खेलकुद विकासका लागि प्रतियोगिता आयोजना गरिएकोे बताए । अध्यक्ष बलायरले खेलकुद मैदानका लागि समेत सरोकारवालाले ध्यान दिनुपर्नेमा आग्रह गरेका छन । उक्त प्रतियोगिताका अम्पाएर समेत रहेका अलस्टार युवा क्लबका सचिव विकास सिह महताले हाम्रो परम्परा गौरासंगै खेलकुद प्रतियोगिताले फटबल खेलको प्रर्बद्धन हुने बताए । अखिल नेपाल फुटबल संघ कञ्चनपुरका महासचिव नितेश रावलले ग्रामिण भेगबाट खेलाडी उत्पादन हुने भएकाले प्रतियोगिताले खेलकुदमा प्रर्बद्धन गरेको बताए । उक्त प्रतियोगिता अम्पाएर मान बहादुर तामाङ्ग, नारायण जोशी, विकास सिह महता रहेका थिए । हरेक बर्षको गौराको पुर्व सन्ध्यामा हुने फुटबल प्रतियोगिताले बेलडाँडी फुटबलमयी रौनकता छाएको छ ।

प्रतिक्रिया दिनुस