बैतडीमा सय दिने रोजगार कार्यक्रम सुरु भएको छ। जिल्लाको पुचौडीनगरपालिकाले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दे सय दिने रोजगार कार्यक्रम सुरु भएको जानकारी दिएको हो।
नगरपालिकाका ४ सय ५४ जना बेरोजगार व्यक्तिहरूलाई सामुदायिक पूर्वाधारको विकास मार्फत रोजगारी सिर्जना गरिएको रोजगार संयोजक मीन महराले जानकारी दिए। उनले दैनिक ज्याला रु.५ सय १७ का दरले सय दिनका लागी रोजगारी सिर्जना गरिएको जानकारी दिए ।
Image may contain: one or more people, crowd, outdoor and nature
जसका लागी युवा रोजगारीका लागी रुपान्त्रण पहल आयोजना र कामका लागी पारिश्रमिकमा आधारित आयोजनामा खटाउनु पूर्व अभिमुखीकरण तालीम दिइएको समेत उनले जानकारी दिए। उनले लाभग्राही परिचयपत्र समेत वितरण गरी औपचारिक रूपमा  रोजगार कार्यक्रम १० वटै वडामा सुरु गरिएको जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुस