कञ्चनपुरमा शेयर सदस्य तथा सर्वसाधारणको ८० लाख बढी रकम लिएर एक सहकारीकी अध्यक्ष फरार भएकी छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका –१ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड पिपलाडी शाखाकी सञ्चालक समिति अध्यक्ष कलावती नेपाली ८० लाख बढी रकम लिएर फरार भएकी हुन्।

वडा अध्यक्ष हरिश बिष्टले स्थानिय उत्तरा बिष्ट लगायत २७ जनाबाट रकम लिइ सहकारीलाइ नतिरी फरार रहेको निवदेनका आधारमा नेपालीको खोज तलास एवं कार्वाही गरी रकम असुल उपर गराइ दिनहुन अस्थाइ प्रहरी पोष्ट बनसाहमा सिफारीस गरेका छन्।

नेपालीले साना किसान कृषि सहकारी संस्थाका साथै नेपाल ग्रामीण विकास लघुवित्त संस्था लिमिटेड, उदयदेव बहुउदेश्यीय सहकारी संस्थाको झलारी शाखालगायतका विभिन्न संस्थाबाट विभिन्न व्यक्तिको नाममा करिव ८० लाख रुपैयाँ भन्दा वढी रकम निकालेर केही महिनादेखि फरार भएको भन्दै प्रहरीमा खोजीका लागी अनुरोध गरीएको छ।

गाउँका वृद्धवृद्धाबाट समेत रकम लिएर अध्यक्ष नेपाली एकाएक सम्पर्कविहीनपछि उनको खोजीकार्य थालिएको वडा अध्यक्ष बिष्टले जानकारी दिए।

प्रतिक्रिया दिनुस