अखिल (क्रान्तिकारी) को सुदूरपश्चिम प्रदेश संयोजकमा पुष्कर जोशी चयन भएका छन्। नेकपा (क्रान्तिकारी माओवादी) को आज बसेको प्रदेश कमिटीको बैठकले जोशी लाई अखिल (क्रान्तिकारी) को प्रदेश संयोजकको जिम्मेवारी दिएको हो। जोशी लामो समय देखि विद्यार्थी राजनीतिमा सक्रिय रहेका छन्।

उनको कामको सम्मान सहित उनलाई प्रदेशको कायममुकायम नियुक्त गरेको प्रदेश कमिटीले जानकारी दिएको छ। जोशी सुदूर पश्चिमका सामाजिक कुसंस्कार , अन्याय विरुद्ध निरन्तर लागिरहने विद्यार्थी नेता हुन। जोशीले कार्यभार कुशलता पूर्वक निर्वाह गर्नेमा प्रतिबद्धता जनाए। उनले अबको विकल्प (अखिल क्रान्तिकारी) भएकाले सबैमा गोलबद्ध हुन समेत आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुस