साहित्यिक कृतिहरूको प्रदर्शन तथा बिक्रीको उद्देश्यले आयोजना हुँदै आएको ‘किताब जात्रा’ यस वर्ष १७ माघ देखि २३ माघसम्म हुने भएको छ । ‘किताब यात्रा फाउन्डेसन’ले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाटमा यस वर्षको ‘किताब जात्रा’ एक सातासम्म चल्ने फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले जानकारी दिएको हो । उनका अनुसार पठनसंस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउने उद्देश्यले स्थापित फाउन्डेसनले आयोजना गर्ने ‘किताब जात्रा’को यो तेस्रो संस्करण हो ।

किताब जात्रामा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वबीच अन्तक्र्रिया गरिन्छ । यस वर्ष भाषा, साहित्य, सिनेमा, समाज, उद्यमलगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरू समावेश सातवटा सेसन, विशेष काव्यिक प्रस्तुतिका साथै अन्य कार्यक्रम रहने सात वटा सेसनका साथै अन्य विभिन्न प्रकृतिका कार्यक्रमहरू रहने फेस्टिभल कोअर्डिनेटर कला अनुरागीले बताए ।

सोही अवसरमा नेपाली वाङ्मय क्षेत्रमा विशिष्ट योगदान पु(याउने व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिने ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिने उनले जानकारी दिए । हरेक नागरिकले सहज रूपमा किताब पढ्ने अवस्था सिर्जना होस् भन्ने उद्देश्यले किताब यात्रा प्रालिले ‘किताब जात्रा’कै अवसरमा आफ्नो प्लेटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ प्रदान गर्नेछ ।

सम्मान र अवार्ड दुवै ‘किताब जात्रा’को अन्तिम दिन नै घोषणा गरिने अनुरागीले बताए । अधिकारीका अनुसार सात दिनसम्म चल्ने यो जात्रामा विभिन्न प्रकारका किताबहरू पाइने छ । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हिजोलाई सम्झिने होइन, भोलि हेरिने जात्राको रूपमा ‘किताब जात्रा’लाई आफूहरूले हेरेको बताए ।

किताबको शक्ति निकै महवपूर्ण भएकाले यससँग जोडेर गरिने उत्सवले भविष्यसँग जोड्ने उनको तर्क थियो । यो जात्रा ज्ञान र शिक्षाको उत्सव भएकाले यसले वर्तमान पुस्तालाई पूर्ण बनाउन सहयोग पुग्ने उनले बताए । अध्ययनबिना पूर्ण नागरिक बन्न नसकिने भएकाले यस्ता उत्सवले त्यसतर्फ डो¥याउने पनि शाहले बताए । ‘प्रेस मिट’मा बोल्दै ‘किताब जात्रा’का प्रमुख सल्लाहकार भरत रिजालले सुपठित समाज निर्माणले हरेक क्षेत्रको विकासलाई सकारात्मक प्रभाव पार्ने भएकाले यस्तो जात्रा निरन्तर भइरहनुपर्नेमा जोड दिए । नबिल किताब जात्रा–२०७७ को विमर्श सेसनको मोडरेटरको तर्फबाट बोल्दै कवि शकुन्तला जोशीले साहित्यलाई आम मानिसको जीवनसँग जोड्न यस्ता उत्सवले महŒवपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुस