सिटिजन्स बैंक इन्टरनेशनलले बैंकले आगामी वर्षदेखि ‘डबल डिजिट’मा लाभांश बाड्ने भएको छ । बैंकका अधिकांश सूचकहरु सकारात्मक बिन्दुमा अगाडि बढिरहेको भन्दै बैंकले आगामी वर्षदेखि डबल डिजिटमा लाभांश दिने घोषणा गरेको हो । बैंकले मंगलवार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार संमेलनमा यस्तो घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै बैंकका डेपुटी सीईओ बोधराज देवकोटाले यस्तो जानकारी दिएका हुन् । हाल बैंकको प्रति सेयर आम्दानी १२ प्रतिशत,सञ्चालन नाफा २१।५६ प्रतिशत, खुद ब्याज आम्दानी १२।३९ प्रतिशत, शुल्क तथा कमिसन १९ प्रतिशतले वृद्धि भएको डेपुटी सिइओ देवकोटाले बताए । बैंकले गत बर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी ११ प्रतिशत लाभांश बाँडेको थियो ।

त्यस्तै,बैंकको खुद ब्याज आम्दानी १ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो आम्दानी १ अर्ब ४३ करोड रुपैयाँ थियो । त्यस्तै,यसपाली बैंकले खुद नाफा २७ प्रतिशतले बढेको छ । साथै डेपुटी सिइओ देवकोटाले बैंकहरुको उपस्थिति कम रहेका प्रदेशहरुमा पहुँच बढाउन ख र ग वर्गका बैंक तथा वित्तीय संस्था गाभ्ने बताए ।

प्रतिक्रिया दिनुस