कञ्चनपुरको झलारी स्थित सीपी ट्रेडर्स एण्ड सप्लायर्समा २ लाख बराबरको चोरी चोरी भएको छ। पसलबाट बिहीबार राती नगद सहित अन्य सामान चोरी भएको हो। बिहान १० बजेतिर पसल खोल्नेबेला चोरी भएको थाहा पाएको सञ्चालक हेमराज पाण्डेयले बताए।
सञ्चालक पाण्डेयका अनुसार आराले ताल्चा काटेर पसलबाट २६ हजार नगद र करिब डेढ लाख बराबरको सामान समेत चोरी भएको छ। चोरले कोक, रियल जुस, गाभा जुस, अनार जुस, बदाम जुस, मिक्स जुस र स्प्राइट चोरेर लगेको छ।
प्रतिक्रिया दिनुस