नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपा कञ्चनपुरको सचिवमा भीमदत्तनगरपालिकाका मेयर सुरेन्द्र विष्ट चयन भएका छन्। शनिवार एक कार्यक्रमका बिच नेकपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाको अध्यक्षमा बसेको बैठकले मेयर बिस्टलाई ओली पक्षीय नेकपा सचिवमा चयन गरेको हो।
मेयर विष्टले एक कार्यक्रमका बिच शपथ ग्रहण समेत गरेका छन्। लामो समय मौन बसेर गत माघ अन्तिम सातातिर मेयर विष्ट प्रधानमन्त्री ओलीसँगै वार्ता गरेर नेकपामा प्रवेश गरेका थिए। नेकपा कञ्चनपुरका राम्रो पकड बनाएको मेयर विष्ट ओली समूहमा प्रवेश गरेले उनी निकट नेताहरू समेत ओली पक्षमा प्रवेश गर्ने दाबी गरिएको छ। पूर्व एमाले कञ्चनपुरका सचिव समेत रहेका विष्ट नेपाल समूहका नेता थिए।
प्रतिक्रिया दिनुस