नेपाल आयल निगमले बुधबारदेखि हवाइ इन्धनमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेपछि निजी वायुयानहरुको छाता संगठन नेपाल वायुसेवा संचालक संघले शनिबारदेखि लागू हुनेगरी हवाइ भाडा अन्तर्गत फ्युल सरचार्ज वृद्धि गर्ने निर्णय गरेको छ ।

संघले प्रतिरुटमा न्यूनतम १० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म फ्युल सरचार्ज वृद्धि गरेको हो । इन्धनको मूल्यमा आउने फेरबदलअनुसार हवाइ भाडापनि स्वचालित रुमा घटबढ हुने गरेको कन्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुस