कैलालीको घोडाघोडी नगरपालिकामा मा रोजगार सँवाद मञ्च गठन गरिएको छ । नगरपालिका कार्यपालीका सदस्य राधा परियारको सँयोजकत्वमा विहिबार ९ सदस्यि समिती गठन गरिएको हो । नगरभित्र रहेका उद्योग तथा अन्य ठाउँमा रोजगारीका अवसर सृजना गरि व्यवस्थित बनाउने उद्धेश्यले उक्त समिति गठन गरिएको घोडाघोडी नगरपालिका प्रधानमन्त्रि रोजगार कार्यक्रमका कार्यक्रम प्रमुख रोहीत प्रसाद जोशीले जानकारि दिए।
समितिका अन्य सदस्यहरुमा घोडाघोडी उद्योग वाणिज्य सँघका अध्यक्ष जियालाल आचार्य ,कृषि विकास शाखाका जनक सिँह धामि, उद्योग विकासका उत्तम कुँवर ,निड्स नेपालका सरस्वति मल्ल ,निर्माण व्यवसायी बाट प्रेम चौधरी तथा सहकारी सञ्जालबाट लाल बहादुर भण्डारी रहेका छन ।
साथै समितिले रोजगार सँवाद मञ्चको बैठक प्रत्येक दुइ महिनामा एक पटक बस्ने र त्यसको जानकारी एक हप्ता अगाडी सदस्य सचिवले गराउने निर्णय गरिएको छ । समितिको सदस्य सचिवमा रोहित प्रसाद जोशी रहेका छन ।