काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत उद्घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गरिरहेका छन्। त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको पाहुना टोली नेदरल्यान्ड्सले ५ ओभरमा २ विकेट गुमाउँदै २२ रन बनायो। नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले १–१ विकेट लिए।

नेदरल्यान्ड्सले सुरूआती ३ ओभरमा २ विकेट गुमाएको थियो। दोस्रो ओभरको अन्तिम बलमै ओपनर म्याक्स ओडोवडलाई स्पिनर सन्दीप लामिछानेले १० रनमा एलबिडब्लू आउट गर्दै पहिलो सफलता दिलाएका थिए। सोमपाल कामीले तेस्रो ओभरको चौथो बलमा बेन कुपरलाई शून्यमा एलबिडब्लू आउट गर्दै नेपाललाई उत्कृष्ट सुरूआत दिलाएका हुन्। नेदरल्यान्ड्सका ओपनर स्कर्ट एडवार्डस २ र बास डी लिडे क्रिजमा छन्।

प्रतिक्रिया दिनुस