बैतडीमा सामान्य झोकमा मामाले हतौडा प्रहार गर्दा भान्जाको मृत्यु भएको छ।  जिल्लाको दोगडाकेदार गाउँपालिका  –३ सिलेगाडाका २२ वर्षीया नारायण भुलले १५ वर्षीया भान्जा महेश भुलको टाउकोमा हतौडा प्रहार गरेका हुन्।
मामा घर गएका महेशमाथी शनिवार दिउँसो टाउकोमा हतौडा प्रहार गर्दा उनको मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ। बैतडीका प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीका अनुसार आज दिउसो महेशको हत्या भएपछि नारायणलाई नियन्त्रणमा लिइएको छ।
डिएसपी अधिकारीले थप बुझ्ने कार्य भइरहेको हाम्रो कालापानी खबरलाई जानकारी दिए।
प्रतिक्रिया दिनुस