धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा थप ६३ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो घण्टामा अस्पतालको प्रयोगशालामा १८३ जनाको स्वाब परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको पुनर्वासका ५ जना,बेलौरीमा ३ जना र लालझाडिमा १ जना रहेका छन्। त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिकाका २९ जना, गोदावरीका ६ जना, घोडाघोडीका ८ जना, टीकापुरका ४ जना, जानकीका ४ जना, जोशीपुरका १ जना र चुरेमा १ जना सङ्क्रमित फेला परेका छन्। बैतडी नवदुर्गाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुस