१२ वैशाख, महेन्द्रनगर–बैतडीको मेलौली नगरपालिकाले निजी स्रोतका शिक्षकको व्यवस्थापनका लागी वार्षिक एक करोड बजेट विनियोजन गर्दे आएको छ। ४५ विद्यालय रहेको मेलौली नगरपालिकामा निजी स्रोतका शिक्षकको व्यवस्थापनका लागी नगरपालिकाले उक्त रकम वार्षीकरुपमा छुट्याउदै आएको हो। मेलौली नगरपालिकाका नगरप्रमुख कृष्ण सिंह नायकले निजी स्रोत शिक्षकले तलब नपाएको गुनासो पछि निर्वाचित भएकै वर्ष दिनपछि उक्त रकम छुट्याएर उनीहरूको तलब दिलाइरहेका बताए।
जसले निजी स्रोत शिक्षकलाई तलबको अभावले अध्यापनमा समस्या नहोस् भन्नका लागी रकम छुट्याएर विद्यालयमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्न खोजिएको उनले बताए।
त्यस्तै नगरपालिकाले कोरोना महामारीका बिच वडा नम्बर ७ काडा बजारमा १० शैयाको कोरोना अस्पताल निर्माण गरेको छ। नगरप्रमुख नायकले शिक्षा, स्वास्थ्य, खानेपानीको सन्दर्भमा नगरपालिकाले उल्लेखनीय फड्को मारेको बताए।
उनले भने,–‘कोरोना महामारीका बिच विकासे योजनामा ढिलाइ भए पनि नगरको समृद्धि सँग जोडिएका बाटाघाटा, शिक्षा स्वास्थ्यका क्षेत्रमा संवेदनशील भएर लागेका छौँ।’
नगरप्रमुख नायकले यस पटक ९ वटै वडामा १ सय ६० किलोमिटर नयाँ सडकको ट्र्याक खोलिएको जानकारी दिए। सबै वडामा नयाँ सडक खोली बस्तीलाई नगरसम्म जोड्ने योजना अनुरूप अगाडी बढिरहेका उनले बताए। उनले कोरोना महामारी रोकथामका लागी नगरपालिका स्थित सम्पूर्ण हस्पिटलहरूमा अत्यावश्यक सामाग्री पठाइरहेका जानकारी दिए।
प्रतिक्रिया दिनुस