कञ्चनपुरमा दलित महिला सदस्यमाथी विभेद कायमै रहेको पाइएको छ। आईतवार दलित महिला संघ (फेडो) ले आयोजना गरेको दलित महिला तथा अन्य सिमान्तकृत महिलाहरुको मानव अधिकार तथा सामाजिक न्याय प्रवद्र्धनका लागी मिडियाकर्मीको भुमिका विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा दलित महिला सदस्यले स्थानियतहमा विभेद कायमै रहेको जानकारी गराएका हुन्।

भिमदत्त नगरपालिकाका दलित महिला सदस्य माया शार्कीले अहिले पनि आफुहरुले छनौट गरेका योजनाहरु कार्यपालिका बैठकबाटै कटौति हुने गरेको बताइन्। आवस्यक कार्यक्रमको खोजि गर्न लगाइएपनि खोजिगरीसकेपछि ति योजनामाथी कुनै छलफल नहुने गरेको उनले बताइन्। आफुहरुले दलित महिलाहरुको आवश्यक्ता अनुसारको कार्यक्रम बनाएर पठाए पनि कार्यपालिकाले हटाईदिने गरेको र बजेट काटेर अन्य शिर्षकमा छुटयाउने गरेको उनले बताईन्।

समावेशीका आधारमा मात्र आफुहरुलाई दलित महिला सदस्य बनाएको तर आफूहरुलाई निर्णायक तहमा जान नदिने र आफनो आवाजको कुनै पनि सुनवाई नहुने दुखोशो पोखिन्। न्याय तथा सम्मानको लागी रोजगारीको लागीसबै अवसरमा पहूँच पुय्राउनको लागी दलित महिलाको हक अधिकारको लागी पत्रकारहरुले कलम चलाउनु पर्ने जिकिर गरिन्।
फेडोका अध्यक्ष लक्ष्मि विकले सदियौ देखी चलि आएको जातिय विभेद तथा महिला माथी हुने थिचोमिचोबाट उन्मुक्ती पाउन न्याय पाउनको लागी पत्रकारहरुले अहम भुमिका खेल्नु पर्ने बताईन्। स्थानीय सरकारले पनि महिला दलित हरुको लागी आएको बजेटमा अन्य शिर्षमा खर्च गर्न नपाउने भए पनि खर्च भईरहेको यसको बिषयमा पनि पत्रकारहरुले कलम चलाउनु पर्ने बताईन्।

प्रतिक्रिया दिनुस