कञ्चनपुरमा थप एक जना कोरोना संक्रमितको उपचारक्रममा मृत्यु भएको छ। महाकाली अस्पतालको कोभिड वार्डमा भेन्टिलेटरमा उपचाररत भीमदत्त नगरपालिका–४ का ६० वर्षका पुरूषको सोमबार बिहान ११ बजे मृत्यु भएको हो।
अस्पतालका सूचना अधिकारी नारद भट्टले शनिबारमात्र अस्पतालमा भर्ना भएका पुरूषको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको बताए। आइतबार राति महाकाली अस्पतालमै भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुस