कञ्चनपुरमा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा(लकडाउन) जारी भएको छ। जिल्लामा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक हप्ता निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लागु गरिने बताए।

उनले उक्त अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै बन्द रहने जनाएका छन्। निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द रहने छन्। एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्जन्य पदार्थ बोकेको सवारी, बैंक तथा बित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइशोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन्। खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसल बाहेक सबै पसल बन्द रहनेछन्। खाद्य सामग्रीका पसलहरु बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने छ। सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भिडभाड हुने स्थान बन्द रहनेछन्।

विवाह ब्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी मात्रै भेला हुन पाउने छन्। यस्तै नेपाल सरकारका कर्मचारी, बैंक बित्तीय संस्था तथा अन्य अत्यावश्यक कार्यालयका कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्। पत्रकारको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्।

भारतबार कञ्चनपुर नाकाहुदै आउने कञ्चनपुरका नागरीकको हकमा सम्बन्धीत स्थानियतहसँग समन्वय गरी गन्तव्यमा पढाइने, भारतबाट आएकाले अनिर्वाय रुपमा क्वारेन्टीन, आइसुलेसनमा बस्नुपर्ने, आवश्यक काम बाहेक डिडडुल गर्न नपाइने, कोभीडको कारण देखाइ कालोबजारी गर्ने, स्वास्थ्य सामाग्रीको बजारमा कृतीम अभाव सृजना गर्ने, म्यादसकिएका वस्तुको रिलेबलीङ गर्ने जस्ता कानूनविपरीतको कार्य गर्ने जो कोहीलाई कार्वाही गरीने प्रशासनले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुस