२० वैशाख, महेन्द्रनगर–कोरोना भाइरसको सम्भावित लक्षण देखिएका कञ्चनपुरको सुक्लाफाँटा नगरपालिकाका एक पुरुष आइतबार एम्बुलेन्स मार्फत महाकाली अस्पताल पुगे। तर बेड अभाव भन्दै महाकाली अस्पतालले फिर्ता पठाइदियो।
विगत एक साता देखी श्वास प्रश्वासमा समस्या र कोरोना भाइरसको सम्भावित लक्षण समेत देखिन थालेको आसंकामा सुक्लाफाटा नगरपालिका –१ गणेशपुरका ३८ वर्षीय दुर्गा दत्त जोशी परीक्षण सहित उपचार गराउन अस्पताल भर्ना हुन खोजिरहेका थिए। तर लकडाउनले यात्रा गर्न कठिन अवस्थामा आइतबार एम्बुलेन्सको जोहो गरे।
तर महाकाली अस्पतालमा पुगेर फिर्ता गरिएपछि उनले सुक्लाफाँटा प्रार्थमीक स्वास्थ्य चौकीमा स्वाब दिए। आइबार साँझ स्वाब दिएका उनी राति नै मृत्युको शैयामा पुगेका छन्। उनको शव व्यवस्थापनमा समेत समस्या भएका परिवारका एक सदस्यले बताए। यद्यपि उनको कोरोना रिपोर्ट भने आइसकेको छैन।
महाकाली अस्पतालमा स्वाब दिन गएका दैनिक कयौँ व्यक्तिले फिर्ता हुनुपरी रहेको छ। कहिले बेड अभाव त कहिले भिडभाड बढी रहेको भन्दै बिरामीहरूलाई अस्पतालले फिर्ता गराइरहेको हो। जसले उपचार गराउन भनी गएका बिरामीहरूले अकालमै ज्यान गुमाउनु परिरहेको छ।
प्रतिक्रिया दिनुस