राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेश र गण्डकीमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव र गण्डकी प्रदेशमा सीता पौडेल प्रदेश प्रमुखमा नियुक्त भएका हुन् ।

सुदूरपश्चिममा शर्मिला कुमारी पन्त र गण्डकीमा अमिक शेरचन प्रदेश प्रमुख थिए, उनीहरु पदमुक्त भएका छन् । यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त भएका उनीहरु माओवादी केन्द्रमा आवद्ध थिए । माओवादी केन्द्रमै आवद्ध रहेका तिलक परियार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भइसकेका छन् । नवनियुक्त प्रदेश प्रमुखले सोमबार नै सपथ लिने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुस