पछिल्लो २४ घण्टामा नेपालमा ५५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरैको ५५ जनाको मृत्यु भएको हो। यसैगरी ७ हजार ६६९ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार १६ हजार १३१ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५८७ र ५७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ पुगेको छ । नेपालमा अहिलेसम्म तीन लाख ५१ हजार पाँच जनामा संक्रमण पुष्टि हुँदा दुई लाख ८७ हजार ७९० जना निको भएका छन् । नेपालमा निको हुनेको दर ८२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मंगलबार ५५ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३४ सय १७ पुगेको छ ।

प्रतिक्रिया दिनुस