डडेल्धुरा अस्पतालले आफ्ना सम्पूर्ण स्वास्थ्यकर्मीलाई २४ घण्टाभित्र सेवामा हाजिर हुन भनिएको छ । अस्पतालले अध्ययन विदामा गएका सम्पूर्ण चिकित्सक, स्टाफ नर्स तथा स्वास्थ्यकर्मी सबैलाई कार्यालयमा आफ्नो अबस्थाको जानकारी गराउन र उपस्थित भई सेवामा हाजिर हुन भनिएको छ ।
कोभिड–१९ संक्रमित विरामीको प्रभावकारी उपचार तथा व्यवस्थापनका लागि स्वास्थ्य संस्थाहरुमा जनशक्ति अभाव भएकोले अध्ययन विदामा रहेकालाई हाजिर गराउन यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिपत्र गरेको थियो ।
प्रतिक्रिया दिनुस