कञ्चनपुरमा पछिल्लो २४ घण्टामा अत्याधीक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जिल्लाका बिभिन्न पिसीआर मेसीन र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा २ सय २९ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएको छ ।
कोरोनाका कारण कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का ७८ वर्षीय पुरुष र बेलौरी नगरपालिका–१ का ७३ वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्लामा हालसम्म कोरोना संक्रमणबाट ४६ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया दिनुस