महेन्द्रनगर : कोरोना भाइरस संक्रमणबाट कैलालीमा थप ४ जनाको मृत्यु भएको छ। कैलालीका ३ र कञ्चनपुरका १ जनाको उपचारको क्रममा धनगढीमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
उनका अनुसार धनगढी उपमहानगरपालिका २ का ७२ वर्षीय पुरुष र ८ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । ७२ वर्षीय पुरुषको मङ्गलवार राति ८ बजे र ५८ वर्षीय पुरुषको मङ्गलवार साँझ ७ बजे मृत्यु भएको थियो । कैलालीको गौरीगङ्गा नगरपालिका १ का ३५ वर्षीय पुरुषको पनि मङ्गलवार राति ८ः१५ मा मृत्यु भएको उनले बताए । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय पुरुषको भने आज बिहान४ ः२० मा मृत्यु भएको सूचना अधिकारी जोशीले जानकारी दिए ।
प्रतिक्रिया दिनुस