मलखाद लुकाएर राख्ने महेन्द्रनगर बजारको बालाजी किराना पसललाई आइतबार सिल गरिएको छ। निषेधाज्ञामा किराना पसल सञ्चालकले नियम विपरित कार्य गरेकाले बजार अनुगमन टोलीले पसल सिल गरेको हो।

अनुगमन टोलीले पसलमा तीन सय बोरा रासायनिक मल लुकाएर राखेको पाइएको थियो। नियम विपरित कार्य गर्ने पसल सञ्चालकमाथि थप कारबाही प्रकृया अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए।

प्रतिक्रिया दिनुस