कञ्चनपुरमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको पाइएको छ। सोमबार जिल्लामा ४२ जनामा संक्रमण पुष्टि भएको छ भने २ सय ९ जना संक्रमण मुक्त भएका छन्। पिसिआर र ऐन्टिजेनबाट परिक्षण गर्दा कोरोना पुष्टि हुनेमा भीमदत्त नगरपालिकामा २ जना, शुक्लाफाँटामा १४ जना, पुनर्वासमा ४ जना लालझाडीमा ५ जना, गडडाचौकीमा ७ जना, र दोधारामा १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
यो संगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या ४ हजार ५ सय ६० पुगेको छ भने, ऐन्टिजिनबाट परिक्षण गर्दा १ हजार ८ सय ५१ जनामा कोरोना पुष्टि भएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार २२ पुगेको छ । यस्तै सोमवार २ सय ५ जनाले कोरोना जितेका छन् । संक्रमित बिरामी डिस्चार्ज भएका सहित अहिले सम्म ५ हजार १ सय ६७ जनाले कोरोना जितेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ६ जनाले ज्यान गुमाएका छन् । भीमदत्त नगरपालिकामा २ जना, बेलौरीमा २ जना, कृष्णपुरमा १ जना र बझाङका १ जनाको कोरोना संक्रमण बाट निधन भएको हो । कोरोना बाट मृत्यु हुनेको संख्या १ सय ५१ पुगेको छ ।