कञ्चनपुरमा पछिल्लो २४ घण्टामा थप एक सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिकामा ७३ जना, पुर्नवास नगरपालिकामा १६ जना, दोधाराचादनीमा १२ जना, बेल्डाडी गाउँपालिकामा २२ जना र गड्डाचौकीमा गरीएको परीक्षणमा ३ जना रहेका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा १ सय २ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा भीमदत्तनगरपालिका वडा नम्बर ११ का ४९ वर्षीय एक महिलाको कोरोना संक्रमण बाट ज्यान गएको छ। यस सँगै हालसम्म जिल्लामा १ सय ५२ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुस