सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ। लामो समयदेखि निमोनियाबाट ग्रस्त मल्लको उपचारका क्रममा काठमाडौस्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए। उनी कोरोना संक्रमित पनि रहेका जनाइको छ।

मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसका महासमिति सदस्यसमेत भएका थिए। उनी २०३७ देखि २०४६ सम्म राष्ट्रिय पञ्चायत सदस्य भएका थिए। मल्ल २०२८ सालमा डोटी बोगटानअन्तर्गत पन्डौंन गाउँ पञ्चायतको प्रधानपञ्च, २०३२ सालमा कैलाली जिल्ला पञ्चायतको उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिको अध्यक्ष, २०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहाकार र त्रिभुवन विश्व विद्यालयको सभासद भएका थिए। २०७० सालको दोस्रो संविधानसभा अघि उनी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। भजनी नगरपालिका निवासी मल्लका १ छोरा र १ छोरी छन्।

पूर्व राष्ट्रिय पञ्चायतका सदस्य समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रहेका उनी काँग्रेसमा प्रवेश गरेका थिए। मल्ललाई २०७४ सालमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेका थिए । त्यसको करिब दुई वर्षपछि २०७६ सालको कार्तिकमा पदमुक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुस