दार्चुलाको ब्याँस गाउँपालिकामा कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ । वडा नम्बर १ ब्याँसका स्थानीयहरुलाई कोरोना बिरुद्धको खोप लगाउन सुरु भएको हो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ब्याँस गाउँपालिका वडा नम्बर १ तिंकर र छाङरुका स्थानीयहरुका लागि भन्दै कोरोना खोप उपलब्ध गराएको थियो । मन्त्रालयबाट प्राप्त कोरोना खोप लगाउन सुरु गरिएको वडा नम्बर १ का वडाध्यक्ष अशोक सिंह बोहराले जानकारी दिए ।
पहिलो दिन २ सय ३२ जना स्थानीयलाई कोरोना बिरुद्धको खोप लगाइएको छ । नेपाल सरकारले सुरुमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी एम्बुलेन्स, शवबाहन चालक, सहचालक, सक्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीहरुलाई कोरोना खोप लगाएको थियो । तर ब्याँस गाउँपालिका वडा नम्बर १ लाई विशेष प्राथमिकता राखेर सबै नागरिकहरुलाई लक्षित गर्दै मन्त्रालयले कोरोना खोप उपलब्ध गराएको छ ।