कैलाली कारागारको अवस्था एकदमै नाजुक रहेको सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताएकी छिन् ।

बुधबार कैलाली कारागारको अनुगमन गर्दै मन्त्री जोशीले कैदीहरु १५ इन्चको बेडमा बस्न बाध्य, शुद्ध खानेपानीको व्यवस्था राम्रो नभएको, गर्मीको समयमा पंखाहरुको पनि उचित व्यवस्था नरहेको पाईएको उनले बताईन् । जिल्ला कारागार कैलालीको पूर्वाधार विकासका लागि प्रदेश सरकारले १० लाख हस्तान्तरण गरेको मन्त्री जोशीले बताईन । यस्तै कैदीबन्दीलाई सिपमुलक तालिममा संलग्न गराउने समेत बताएकी हुन्। मन्त्री जोशीले कारागारलाई सुधार गृहका रुपमा परिणत गर्ने कार्यको थालनी गरेको बताइन् ।

आफूले प्रदेशभित्र रहेका ९ वटै जिल्ला कारागारको अनुगमन तथा निरिक्षण गर्ने जानकारी दिईन् । अहिले ठूला संरचना निर्माण गर्न नसकेपनि भएका संरचना सुधार गर्नु पर्ने कुरामा उनले जोड दिईन्। जिल्ला कारागार कैलालीका जेलर महेन्द्र सिं खड्काले कारागारमा १५० जनाको क्षमता रहेको तर अहिले ४८४ जना कैदीहरु राख्नु पर्ने बाध्यता रहेका जानकारी दिए ।जसमध्ये ४४५ पुरुष, ३५ महिला र ४ वटा आश्रित बालबालिका रहेका छन । कारागारमा भौतिक संरचना लगायतका समस्या नहुदाँ कैदीहरु कष्टकर जीवन बिताउन बाध्य छन ।

प्रतिक्रिया दिनुस