कञ्चनपुरको भीमदत्त नगरपालिका –३ नयाँ तिलकपुर स्थित बैजनाथ माध्यामिक विद्यालमा दुई कोठे पक्की भवनको शिलान्यास गरिएको छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्तम अन्र्तगत निर्माण हुने पक्की भवनको बुधबार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खडका, प्रदेशका पुर्व राज्यमन्त्री प्रकास बहादुर रावलले शिलान्यास गरेका हुन्।

विद्यालय भवन शिलान्यास गर्दै समाजिक विकास मन्त्री खड्काले समग्र प्रदेशको समाजिक विकासका लागि शिक्षा क्षेत्रको पूर्वाधार विस्तार आवश्यक रहेको औँल्याए। पुर्वराज्यमन्त्री प्रकास बहादुर रावलले शिक्षा विकासमा जोडदिदै आफ्नो क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताए। बैजनाथ माध्यामिक विद्यालयका प्रद्यानाध्यापक मदन बहादुर विष्टले शैक्षिक विकासका लागि पूर्वाधारको समेत आवश्यकता रहेको बताए। उनले पक्की भवन निर्माणसंगै दैनिक पठन पाठनमा सहज हुने बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र्र बहादुर विष्टको अध्यक्षतमा भएको शिलान्यास कार्यक्रममा अभिभावक लगायत समाजसेविको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुस