कञ्चनपुर असार १७ । सरकारले ल्याएको सामाजिक सुरक्षा कोषका विरुद्ध सम्पुर्ण बैंकतथा लघुवित्त फाइनान्स क्षेत्रका काग गर्ने कर्मचारी आन्दोलनमा रहेका छन । असार अन्तिम सम्म सामाजिक सुरक्षा कोषमा दर्ता हुन भनी पत्र आए पछि बैंकतथा लघुवित्त फाइनान्स क्षेत्रका कर्मचारी आन्दोलित भएका हुन । बिहिबार कार्यालय समय देखि देशैभरीका बैंकतथा लघुवित्त फाइनान्स क्षेत्रका काम गर्ने कर्मचारी आन्दोलनमा रहेका छन ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषका विरुद्ध कञ्चनपुरमा रहेका बैंकतथा लघुवित्त फाइनान्स क्षेत्रका कर्मचारी पनि आन्दोलनमा रहेका छन । सरकारले बैंकतथा लघुवित्त फाइनान्स क्षेत्रका कर्मचारीहरुलाई जबरजस्ती रुपमा लागु गर्न खोजेको भन्दै सबै बैंक तथा लघुवित्त फाइनान्स क्षेत्रमा काम गर्ने कर्मचारी आन्दोलित भएका छन ।।

बैंक तथा लघुवित्त फाइनान्सका कर्मचारीहरुले माग पुरा नभए सम्म आन्दोलन जारी राख्ने बताएका छन । आफुहरुले समाजिक सुरक्षा कोष लगायतका सुविधा पाईरहेको हुदाँ बैंक तथा लघुवित्त फाइनान्स क्षेत्रमा काम गर्ने कर्मचारी बाहेक अरु क्षेत्रमा काम गर्ने मजदुरलाई सरकारले ल्याएको समाजिक सुरक्षाकोषमा सहभागि गराउनुपर्ने बताएका छन । योगदानमा आधारित सामाजिक सुरक्षा योजना स्वेक्षिक नभई बाध्यकारी भएकाले आन्दोलनमा जानुपरेको बैंकका कर्मचारीहरुको धारण रहेको छ ।यसअघि पनि वित्तीय क्षेत्रका लागि सामाजिक सुरक्षा कोषकाविरुद्ध असहमति जनाउँदै आएका छन् । यस विषयलाई लिएर बैंकरहरुले नेपाल राष्ट्र बैंकलाई असहमतिका बुँदाहरु बुझाइसकेको छ ।

प्रतिक्रिया दिनुस