
महेन्द्रनगर– बाँकेको बैजनाथ गाउँपालिका–४ तिलकपुर स्थित सडकबाट पाटेबाघको छालासहित अछामका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहिबार दिउँसो २ थान दुर्लभ बन्यजन्तु पाटे बाघको छाला सहित अछाम मेललेख गाउँपालिका–३ दर्पा बस्ने २७ वर्षीय डम्बर बुढा र अछाम रामरोसन गाउँपालिका–५ बस्ने ३५ वर्षीय नन्दु बुढा लाई बाँके प्रहरीले नियन्त्रणमा लिइएको जनाएको हो। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो। उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
		प्रतिक्रिया दिनुस
		
	

 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    