गणेश एसके ,कञ्चनपुर असार ३१ ।कञ्चनपुरमा विभिन्न पार्टी परित्याग गरी  विप्लव नेकपा मा दर्जनौं नेताहरु ध्रुवीकृत भएका छन् । राष्ट्रिय जनमोर्चा,नेपाली कांग्रेस र माओवादी केन्द्र त्यागेर दर्जन भन्दा बढी नेताहरु नेकपामा प्रवेश गरेका हुन् ।पछिल्लो पार्टी बैठकको नारा “क्रान्तिकारी एकता र ध्रुविकरण मा जोड दिऔँ । समुधुर जनसम्बन्ध सहित सुदृढ पार्टी निर्माण गरौं” भन्ने निर्णय अनुसार नेकपा कञ्चनपुर सुदृढ पार्टी निर्माणमा जोड दिएको छ।

उक्त ध्रुविकरण तथा पार्टी प्रवेश कार्यक्रम मा पार्टीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज ओम प्रकाश पुन ( निर्माण ) ले बोल्दै अहिलेको परिस्थितिमा हामी सुदृढ र जनतामुखी पार्टी बनाउँदै जनता सँगै सहकार्य गरेर जनतको प्रतिनिधित्व गर्ने व्यवस्था को निर्माण गर्ने बाटोमा छौ । यो पुजीवादी व्यवस्था ले देशमा कसैका पनि न्यूनतम समस्या लाई हल गरेको छैन उल्टो झन् आजको दिनमा जातीय भेदभाव, वर्गीय असमानता,सामाजिक असुरक्षा,महँगी ,घुसखोरी,भ्रष्टाचार चरम रूपमा मौलाएको छ र यि कुराको सरकार र सत्तामा बसेका हरुमा लाई वास्तै छैन उनीहरूलाई त के भन्नुहुन्छ भने आफू कसरी सत्तामा बसिरहने , कसरी आसेपासे लाई प्राथमिकता दिने या आफू कसरी यो सत्ताको नायक बन्ने भन्ने चिन्ता छ । त्यसो हुँदा यी सबै पराजयको पराकाष्ट भनेको यो असफल संसदीय व्यवस्था हो । अहिले अदालतले प्रधानमन्त्री नियुक्त गर्नु वा ओलिको विलय हुनु यो कुनै उनीहरूको मात्रै दोस हैन् यो त के हो भने सिंगो राज्य प्रणालीको दोस हो जसको एकमात्र हल भनेको वैज्ञानिक समाजवाद हो । एकीकृत जनक्रान्ति को कार्यदिशा लामबद्ध भई एउटा सच्चा नागरिक को भुमिका निर्वाह गर्दै वर्ग विहिन, जाती विहिन, धर्म विहिन, शोषण विहिन आम जनताको नेतृत्व गर्ने सुन्दर व्यवस्था वैज्ञानिक समाजवाद को यात्रामा सहकार्य गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन । हाम्रो पार्टी ले तीन बुँदे सहमति कार्यान्वयन गर्दै जनमत संग्रह मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न र जनतालाई व्यवस्था चुन्ने अधिकार दिने माहोल बनाउन सबै लाई आग्रह गर्नु भएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र का सुडा,दैजी इन्चार्ज मानबहादुर टेर ,राष्ट्रिय जनमोर्चाका निकट राष्ट्रिय युवक संघका सुदुरपश्चिम प्रदेश सह संयोजक अमिर कुँवर ,युवा संघ का गोकर्ण जोशी, राष्ट्रिय जनमोर्चाका वडा संयोजक मनिराम लुहार, सदस्य गणेश नाथ, माओवादी केन्द्रका एरिया सदस्य शेरबहादुर बम, नेपाली काँग्रेस का क्रियाशील सदस्य जीवन कार्की,पुर्व जनमुक्ति सेना कमल एस के, जनमोर्चा निकट नेपाल युवक संघ जिल्ला सचिव भूपेन्द्र भण्डारी, स्वतन्त्र बुद्धिजिवी अजय सिंह लगायतका दर्जनौ नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टीमा ध्रुविकरण भएका छन्। नेकपा कञ्चनपुर सेक्रेटरी जीवनको अध्यक्षतामा सम्पन्न ध्रुविकरण कार्यक्रम भुवन कुँवरले सञ्चालन गरेका थिए भने विवश ले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुस