ग्वालेक ग्रुपले लिम्पिया हुस्की नामक मदिरा बजारमा ल्याएको छ । सुदूरपश्चिमको ऐतिहासिक पहिचान झल्किने गरि लिम्पिया मदिरा बजारमा ल्याएको हो । कञ्चनपुरको अमृत डिस्टिलरी प्रालिले उल्पादन गरेको लिम्पिया हुस्की ग्वालेक ग्रुपले बजारमा ल्याएको हो । बिहीबार महेन्द्रनगरमा एक कार्यक्रमका विच ग्वालेक ग्रुपले लिम्पिया मदिरा ल्याएको घोषणा गरेको छ । कञ्चनपुरका उद्योगी, व्यवसायी, विभिन्न क्षेत्रका व्यक्तित्वबाट लिम्पिया मदिरा बजारको अनावरण गरि सार्वजनिक गरिएको छ ।

 

ग्वालेक ग्रुपका प्रमुख कार्यकारी अधिकृत अनिमेश कुमार मिश्रले ग्वालेक ग्रुप अन्र्तरगत अमृत डिष्टिलरी बेजरेज उत्पादनको सुदूरपश्चिमकै पहिलो एकल स्वामित्वको लगानीमा मदिरा बजारमा ल्याएको बताए । कोरोना महामारीका कारण ढिलाई भएको बताउदै उनले उच्चस्तरिय मदिरा उत्पादन गरेको बताए । उनका अनुसार आईसल्याण्ड्बाट स्कोच अर्थात स्प्रीट ल्याएर उच्च कोटीको मदिरा उत्पादन गरिएको बताए । हाल कम्पनीले १८०, ३७५ र ७५० एमलको परिमाणमा मदिरा प्याकिङ्ग गरेको छ ।

 

‘यसका सुपत मुल्य तर, बढि सन्तृष्टी छ, ‘कार्यकारी अधिकृत मिश्रले भने, ‘आम उपभोक्ताको चाहना अनुरुप बजारमा ल्याएका छौँ ।’ हुस्की फ्लेभरमा सिफ्ट ब्राण्डको आईकोनिक भोडका ह्विस्की फ्लेभरमा लिम्पिया डिटरजेन्ट प्राकृतिक आउडलाई उत्कृष्ठ रहेको उनको दावि छ । सात वटा कम्पनी रहेको ग्वालेक ग्रुप अन्र्तरगत रहेका अमृत डिष्टिलरी प्रालि र स्नेहा सोप एण्ड केमिमल ईण्डष्ट्रिज प्रालिले चालु आर्थिक बर्ष २०७७÷०७८मा कम्पनीले १सय ६० करोडको कारोबार गरेको जसमध्ये ७५ करोड कर बुझाएको छ ।

 

उत्पादन तथा आयात निर्याय प्यापारमुलक र सेवामुलक क्रियाशिल रहेको प्रमुख कार्यकारी अधिकृत मिश्रले बताए । ग्वालेक ग्रुपले चालु आर्थिक बर्षमा ४ सय ४० करोड रुपैया कारोबार र १ सय ५८ करोड कर तिर्ने लक्ष्य राखेको छ । ५३ डिलर रहेको कम्पनीमा आगामी बर्षमा १सय १० पु¥याउने लक्ष्य रहेको छ । ग्वाग्लेक ग्रुपका अध्यक्ष पिताम्बर जोशीले नेपालको ऐतिहासिक लिम्पिया नामलाई पहिचान गराउनका लागि समेत नयाँ ब्राण्ड बताएमा ल्याएको बताए ।

 

उपभोक्ताको चाहना अनुरुप कम्पनीले नयाँ ब्राण्डको स्तरिय ब्राण्ड बजारमा ल्याएको अध्यक्ष जोशीले बताए । ‘हाम्रो चाहना पैशा कमाउने मात्र होईन, ओझेलमा परेको ठाँउको पहिचान गराउने पनि हो, ‘अध्यक्ष जोशीले भने, ‘आफ्नो ठाँउको पहिचान गराउन खोजेका छौँ ।’ अमृतले यस अघि विभिन्न ८÷१० ब्राण्डका आधुनिक मदिरा बजारमा ल्याईसकेको बताउदै उनले लिम्पियारालाई विदेशी बजारमा समेत लैजाने बताए ।

 

अमृतले लिम्पिया ब्राण्ड बजारमा ल्याईसकेपछि नेपालको ऐतिहासिक ठाँउको प्रचारप्रसार हुने हरेक नेपालीलाई आफ्नो ठाँउको अपनत्व हुने उनले दावि गरे । ग्वालेक ग्रुपले चिनमा समेत कृषि समाग्री उत्पादन, उपकरण एव अन्य उपकरण आयात नियातका लागि बिटुबि मार्फत गर्न कार्यालय विस्तार गरिएको छ । सुदूरपश्चिमकै भूमि लिम्पियाको नाम ऐतिहासिक पहिचानलाई व्यवसायिक रुपमा प्रस्तुता लागि उत्पादनलाई हाम्रो लिम्यिा भनिएको छ । मदिराका पारखिहरुले नाम र गुणस्तरियता राम्रो भएको अनुभव बताएका छन । उत्पादन भएको मदिरा स्वदेश तथा विदेशमा सप्लार्यस गरिने छ ।

प्रतिक्रिया दिनुस