काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेका छन्। संसद पुर्नस्थापनापछि आज बसेको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन संसदमा प्रतिनिधित्व गर्ने दल तथा सांसदहरुसँग विश्वासको मत मागेका हुन्।

अहिले नेपाल महामारी र राजनीतिक अस्थिरताका कारण देश कठिन अवस्थामा रहेको भन्दै महामारी र राजनीति दुवै क्षेत्रको व्यवस्थापनका लागि आफूलाई विश्वासको मत दिन आग्रह गरे। उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएका राम्रा कामहरु आफूहरुका लागि पाठ हुने भन्दै राम्रा कामलाई निरन्तरता दिने पनि बताए। प्रधानमन्त्री देउवाले लोकतन्त्रलाई बलियो बनाउन सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने र त्यसको लागि आफू प्रतिबद्ध रहेको बताए। सर्वोच्च अदालतको परमादेश अनुसार देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

प्रतिक्रिया दिनुस