दार्चुला १९ साउन । दार्चुला शैल्यशिखर नगरपालिकाकी एक स्वास्थ्य स्वयमसेविकालाई पदबाट निकाला गरिएको छ । गाँउमा स्वास्थ्य क्षेत्रमा कार्यरत स्वयमसेविका ईश्वरी भट्टपद मुक्त भएकी हुन् । रानीशिखर स्वास्थ्य चौकीका प्रमुख नारायण भट्टले पूर्वाग्रही ढङगबाट निकालेको आरोप लागेको छ । १२ बर्षदेखि कार्यरत स्वास्थ्य स्वयसेविकालाई पूर्व सूचना एव जानकारी बिनै निकालिदिएपछि उनले बषौँदेखि गरेको सेवा वालुवामा पानी खन्याएजस्तै भएको छ ।

ईश्वरी भट्टले आफुलाई पूर्वाग्रही ढङगबाट स्वास्थ्य चौकी इन्चार्ज नारायण भट्टकै योजनामा निकाला गरिएको बताईन् । ‘मैले गत बर्ष स्वास्थ्य चौकी इन्चार्जले सुत्केरी महिलाको भत्त्ता दुरुपयोग गरेको विषयमा मुद्दा उठान गरेका थिए, ‘उनले भनिन, ‘त्यही रिसले आफुलाई निकाला गरिदियो ।’ म बिरामी भएर १८ माघ ०७७ मा बिरामी भएर विदा दिएर उपचारका लागि महेन्द्रनगर आएको थिए । महिला स्वास्थ्य कोषबाट उपचारका लागि १ लाख १९ हजार रुपैया ऋण लिएर उपचारका लागि आएपनि जानीजानी आफुमाथि अन्याय गरिएको उनले दुखेसो छ । आफुलाई जानकारी बिनै गत असार ५ गते निकालिदिएको दुखेसो पोखिन् । ‘मलाई स्वास्थ्य स्वयसेविका भएर जनसेवा गर्ने चाहना थियो, ‘उनले भनिन, ‘एकाएक निकालिदियो ।’

रानीशिखर स्वास्थ्य चौकीका प्रमुख नारायण भट्टले आफुले ईश्वरी भट्टसंग किन पूर्वाग्रही राख्ने भन्दै उनले लगातार तीन महिना अनुपस्थिती उनले यहाँबाट बसाईबसाई गरेकाले आमा समुह आर्फत निकालिदिएको बताए । ‘हामीले निकाल्ने होईन, आमा समुहले निर्णय गर्ने हो, ‘उनले भने, ‘तीन महिनासम्म लगातर अनुपस्थिति हुँदा निकालिएको हो ।’ ईश्वरी भट्टले पुषसम्म काम गरेको देखिएको बताए । गत बर्ष सुत्केरी महिलाले पाउने रकम अनियमितता बारे उनले रकम नै अनियमितता नभएको दावि गरे । घरमै सुत्केरी भएकी महिलाको रकम दुरुपयोग भएको भनेर अख्तियारमा समेत मुद्दा परेको थियो । तर, उक्त मुद्दामा उनले आफ्नो र कार्यालयको संलग्नता नभएको दावि गरे । सुत्केरी भएका सबैले पाउने सुविधा पाएको उनको दावि छ ।

जनप्रतिनिधी, आमा समुह र स्वास्थ्यकर्मी सबैको रहोबरमा ईश्वरीको पदमुक्त भएको उनले बताए । शैल्यशिखर ४ का वडाध्यक्ष हरिदत्त भट्टले सुत्केरी महिलाको भत्ता बारे आफुलाई थाहा नभएको बताउदै उनले लगातार तीन महिना अनुस्थिति र ईश्वरी बसाईसरी लगेकाले उनी स्वयम महिला स्वास्थ्यस्वयम सेविकाबाट मुक्त भएको बताए । तर, ईश्वरीले भने तराई बेदकोट नगरमा आफ्नो ऐलानी जमिन भएकाले जमिन दर्ताका लागि सिफारिस मात्रै लिएको बताईन ।

१२ बर्ष लगातार सेवा गर्दा आफु स्वास्थ्य उपचारका लागि गएका बेला केही व्यक्तिले सनक ईगोको भरमा आफुमाथि अन्याय गरेको भन्दै न्यायका लागि आग्रह गरेकी छिन । भ्रष्टाचारको मुद्दा उठाए बाफत स्वास्थ्य चौकी ईन्चार्जले आफुमाथि रिसिईबी साँधेको उनको दावि छ ।

प्रतिक्रिया दिनुस