डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामीको हत्या भएको दुई महिना बढी वितिसक्दा समेत हत्यारा भने पत्ता लाग्न सकेको छैन। सोही वडामा रहेको जमरानी स्वास्थ्य केन्द्रमा कार्यालय सहयोगीको रूपमा कार्यरत उनको कोरोना खोप पु¥याउन जोगबुढा जाने क्रममा बाटोमा हत्या भएको थियो।

गत असार २ गते कोरोना खोप पु¥याउन हिँडेकी अस्मिता तीन दिनपछि ५ गते हट्वानी सामुदायिक वनमा विभत्स रूपमा हत्या गरेको अवस्थामा मृत फेला परेकी थिइन्। उनको पोष्टमार्टमापछि पनि हत्या भएको रिपोर्टले पुष्टि गरेको थियो। घटनापछि जिल्ला, संघीय प्रहरी इकाई कार्यालय र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) का विज्ञ टोली घटनास्थलमा पुगेका थिए। उनीहरूले १५ देखि २० दिनसम्म घटनास्थलको अनुगमन र घटनाको अनुसन्धान गरे।

घटनाको सुरूमा प्राथमिकताका साथ प्रहरीले अनुसन्धानको पाटोलाई अगाडि बढाए पनि अहिलेसम्म हत्याराको अत्तोपत्तो लाग्न नसक्दा अस्मिताका आफन्त भने यतिबेला डर र आक्रोशमा छन्। अस्मितालाई न्याय देऊ, हत्यारालाई सार्वजनिक गर, भन्दै उनीहरूले भदौ १ देखि बिहीबार नाराबाजीसहित आन्दोलन गर्दै प्रशासन अगाडि कालोपट्टि बाँधेर धर्नामा बसेका थिए।

‘अस्मिताको केस निर्मला पन्तको जस्तो नहोस् भनेर हत्यारा सार्वजनिक गर्न दबाब दिइरहेका छौं,’ अस्मिताका कान्छा ससुरा नरबहादुर धामीले भने। प्रहरीले सुरूमा प्राथमिकता दिएर अनुसन्धान गरे पनि दुई महिना समय बित्दा हत्यारा सार्वजनिक नगरेपछि कतै न्याय नपाइने हो कि ? भन्ने उनले आशंका व्यक्त गरे ।

उनले अस्मिताको न्यायका लागि पहिलो चरणको आन्दोलन गरेपछि दोस्रो चरणको आन्दोलनको मिति भने सारिएको जनाए । यसअघि अस्मिताको न्यायका लागि उनका आफन्त भदौ १ देखि ३ गतेसम्म प्रशासनमा कालोपट्टि बाँधेर धर्ना कार्यक्रममा बसेका थिए। ४ गते शान्तिपूर्ण तरिकाले  रÞ्याली निकाल्ने ५ गते परशुराम नगरपालिकाका सम्पूर्ण कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम तय भएको थियो।

प्रहरी प्रशासनले १० देखि १५ दिनपछि ल्याबको रिपोर्ट आएपछि हत्यारा सार्वजनिक गरिने भनेपछि थप आन्दोलनका कार्यक्रम मिति सारिएको बताए। ‘प्रहरीले १५ दिनमै हत्यारा सार्वजनिक गर्छौं, भनेपछि अहिले तत्काल आन्दोलन नगर्ने पक्षमा छौं, यदि १५ दिनभित्र हत्यारा सार्वजनिक गरेन भने, फेरि दबाब स्वरूप अस्मिताको न्यायको लागि आवाज उठाउने छौं, उनले भने।

अस्मिताका पाँच वर्षीय र साढे २ वर्षकी दुई छोरी छन् घटनापछि परिवार शोकमा डुबेको छ। उनका श्रीमान् अमरलाई अस्मितालाई गुमाउन परेको पीडा एकातिर छ, अर्काेतिर उनले अहिलेसम्म न्याय नपाएकोमा छ । अस्मिताले स्वास्थ्य चौकीमा काम गर्न थालेको करिब ३ वर्ष पुग्नै लागेको थियो। उनका श्रीमान अमर भने ७ वर्षदेखि भारतको बैंगलुरूमा काम गर्दै आएका थिए।

कोरोनापछि भने उनी घर फर्केका थिए। काम गर्नेक्रममा अस्मिताले प्राण त्याग्नु परेकाले उनी कार्यरत सो आधारभुत स्वास्थ्य केन्द्र उनकै नामबाट नामाकरण गर्नुपर्ने आफन्तको माग छ। साथै, आमाको माया सधैंका लागि गुमाएपछि उनका छोरीहरूको शिक्षाको ग्यारेन्टी राज्यले लिनुपर्ने पनि परिवारको माग छ। यस विषयमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले ल्याब रिपोर्ट आउन बाँकी रहेको जनाए । ‘अनुसन्धानको क्रममा छौं, अहिले ल्याबको रिपोर्टलाई पनि कुरिएका छौं’ उनले भने ‘ज्यानसम्बन्धी मुद्दाको २० वर्ष अनुसन्धानको समय हुन्छ। काम गर्दै जाने हो, घटनाको छिट्टै पनि अनुसन्धान पूरा हुन्छ, २० वर्ष पनि लाग्न सक्छ समय आएपछि हामीहरू हत्यारालाई सार्वजनिक गर्छाैं।’

प्रतिक्रिया दिनुस