महेन्द्रनगर । नेपाली कांग्रेस भीमदत्त नगरपालिका वडा नम्बर १९ को वडा सम्मेलनबाट सभापतिमा धिर पाल सर्वसम्मत चयन भएका छन् । काँग्रेसको १२, १३ र १४औँ महाधिवेशनका लागि लगातार काँग्रेस नेता धिर पाल तेस्रो पटक पनि वडा सभापतिमा सर्वसम्मत भएका हुन् ।

झण्डै चार दशकदेखि नेपाली काँग्रेसको सकृय राजनीतिमा रहेका पालले नेता कार्यकर्ताले विश्वासले पुन वडाको जिम्मेबारी दिएको बताए । ‘जनता कार्यकर्ताले मलाई विश्वास गरेर फेरी नेतृत्वमा ल्याएका छन, ‘उनले भने, ‘मलाई नेता बनेर कुनै स्वार्थ छैन, देश र जनताका सेवा गर्छु ।’ पार्टीमा लोकप्रिय विकासप्रेमी भएकै कारण उनलाई स्थानीय नेता कार्यकर्ताहरुले विश्वास गरेर पुन वडा सभापतिमा ल्याएको नेताहरुले बताएका छन ।

प्रतिक्रिया दिनुस