कञ्चनपुर- कञ्चनपुरमा भारतीय तस्करको समूहले सशस्त्र प्रहरीलाई कुटेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ८ स्थितनेपाल–भारत सीमा क्षेत्रमा भारतीय तस्करहरुलेले सशस्त्र प्रहरीका तीन जवानलाई कुटपिट गरेका हुन् ।
तरस्करीको सामान नियन्त्रणका क्रममा ढुंगामुढा प्रहार गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक विरेन्द्रसिंह ऐरले बताए । उनले घटना सामान्य भएको बताए । तस्करहरु आएका थिए नियन्त्रणमा लिने बेला उनिहरुले ढुङ्गा प्रहार गरेका हुन । सोमबार राती नै भारती सुरक्षाकर्मी आएर आक्रमण गर्नेहरुलाई पक्राउ गर्ने जनाएको उनले बताए ।
तस्करको कुटाईबाट केही प्रहरी जवान घाइते भएका छन् । उनीहरुको दोधारा चाँदनी हेल्थ पोस्टमा उपचार भइरहेको छ। स्थानीयका अनुसार नेपाली भूमीमा भारतीय नम्बर प्लेटको मोटर साइकलमा तस्करले चिनीलगायतका साम्रग्री ओसार पसार गरिरहेका थिए । सशस्त्र प्रहरीले तिनीहरुलाई रोकेर नियन्त्रणको प्रयास गरेको थियो । तर ८ जनाको समूहमा रहेको तस्करहरुको समूहले उल्टै प्रहरीलाई नै घेराबन्दीमा पारेर कुटपिट गरेको हो ।