कञ्चनपुर असोज १० । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको कार्यपालिका बैठकमा वार्ड ८ का वार्ड अध्यक्ष बहादुर सिँह महराले कार्यपालिका समक्ष माफि माग्न अस्विकारगर्दै कार्यपालिका बैठकमा उपस्थित नहुने घोषण गरेका छन । शुक्लाफाँटा नगरपालिकाको११४ औँ कार्यपालिका बैठक बस्न नपाउदैँ विवाद सृजना भएको थियो । गत बुधबारको बैठकमा वडा नं. ८ का वडाअध्यक्ष बहादुर सिँह महराले आक्रोशित हुदैँ कार्यपालिका बैठकको निर्णय पुस्तिका च्यातेका थिए । नगर प्रमुख दिलबहादुर ऐरसँग वडा अध्यक्ष महराको चर्काचर्कीपछि उक्त माहोला सृजना भएको हो ।

यस विषयलाई लिएर नगर प्रमुख ऐरले आज बस्ने भनिएको बैठकमा वडा अध्यक्ष महराले माफी माग्नुपर्ने बताउदैँ आएका थिए । माफि नमागे कडा कारवाही गर्ने चेतावनी समेत दिएका थिए । यसै विषयलाई लिएर वडा अध्यक्ष महराले ४ पृष्ठ लामो विज्ञप्ती जारी गर्दै माफी नमाग्ने घोषणा गरेका छन् ।पटक पटक नगरपालिकामा प्रत्येक वडामा बजेट बाँडफाँट समानुपातिक हुनुपर्ने माग राख्दा समेत कुनै सुनुवाई नभएको र नगर प्रमुख ऐर समक्ष पनि व्यक्तिगत तथा वडाको तर्फबाट उक्त माग राख्दा समेत बेवास्ता गरेकोले निर्णय पुस्तिका नै च्यात्नुपर्ने अवस्था सृजना भएको वडा अध्यक्ष महराले स्वीकार गरेका छन् । यस्तै एडिबीको काम समय मै सक्नुपर्ने, नगरपालिका भित्रको व्यथिति अन्त्य गर्नुपर्ने मागहरुमा समेत नगरपालिका मौन बसेको आरोप समेत लगाएका छन् ।

यसैगरी नगरपालिकाको वडा नं। ८ मा रहेको नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा लगायतका बस्तुहरु उत्खनन् गर्ने गरि ठेक्का गर्ने र प्रभावित क्षेत्रका जनताको समस्याको रुपमा रहेको तटबन्ध, खानेपानी, सडक, ढल निकासका लागि बजेट विनियोजन गर्ने सहमति भएको र उक्त सहमति अनुसार बजेट निकास नभएको र ठेक्का प्रक्रिया अगाडी बढाएकोप्रति समेत वडा अध्यक्ष महराले आक्रोस व्यक्त गरेको हुन ।

विज्ञप्तीमा भनिएको छ “शूक्लाफाँटा नगरपालिकाको बृहत्र हितसँग जोडिएका समस्याहरु समाधान गर्नुको सट्टा शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐर र प्रमुख प्रशासकीय अधिकृत लगायतबाट पेलेरै अगाडी बढ्ने मनोबृत्तीका कारण उत्पन्न दुःखद् परिस्थितिलाई गम्भीर रुपमा लिई मिति २०७८ साल असोज १० गते दिउँसो ४ बजेसम्म कार्यपालिका बैठकमा उपस्थित भई लिखित रुपमा माफी नमागेमा कडा कारवाही गर्ने धम्की दिनुको सट्टा उल्लेखित मागहरुको स्पष्ट सम्बोधन गर्ने लिखित प्रतिबद्धता नगर प्रमुख दिल बहादुर ऐर र प्रमुख प्रशासकीय अधिकृतबाट नआएसम्म कुनै पनि कार्यपालिका बैठकमा उपस्थित हुन नसकिने र लिखित रुपमा माफी माग्न नसकिने साथै राजनीतिक समस्याको प्रशासनिक कारवाहीको धम्की दिएर घटनाको कारण नखोजी घटनाको परिणाम मात्र समातेर कारवाही प्रकृया अगाडी बढाइएमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार फेरी पनि नगर प्रमुख र प्रमुख प्रशाकीय अधिकृत हुने जानकारी गराउन चाहन्छु ।

प्रतिक्रिया दिनुस