सुदूरपश्चिमका वरिष्ठ पत्रकार रामबहादुर चन्दको निधन भएको छ । ललितपुरको भैँसेपाटीस्थित घरमा बस्दै आएका चन्दको ९५ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो ।

बैतडी सिगास गाउँपालिकामा जम्मिएका चन्द लामो समयदेखि अस्वस्थ थिए । कञ्चनपुरको महेन्द्रनगरमा बसेर लामो समय पत्रकारिता गरेका चन्दलाई प्रेस काउन्सिल नेपालले ‘प्रेस स्वतन्त्रता सेनानीको’ सम्मानसमेत दिएको थियो ।

सुदूरपश्चिमको पत्रकारिताका खम्बा मानिने चन्द लामो समय वामपन्थी आन्दोलनमा पनि सक्रिय रहेका थिए । चन्दले पहिलो पटक महेन्द्रनगरमा ०२६ सालमा महाकाली सन्देश पाक्षिकबाट पत्रकारिताको औपचारिक यात्रा प्रारम्भ गरेका थिए ।

प्रतिक्रिया दिनुस