महेन्द्रनगर । कञ्चपुरमा थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बुधबार भीमदत्तनगरपालिकामा ३ जना, पुर्नवास नगरपालिकामा २ जना दोधाराचादनी नगरपालिकामा १ र गड्डाचौकीमा गरिएको परिक्षणमा १ जना गरी सात जनामा संक्रमण पुष्टि भएको हो ।

यस सँगै कञ्चनपुरमा ८ हजार ८ सय ४३ जनामा हाल सम्म कोरोना पोजेटिभ देखीएको छ । जिल्लामा हालसम्म ८ हजार ५ सय ४३ जनाले कोरोना जितेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार बुधबार भीमदत्त नगरपालिका–५ का ६७ वर्षीय कोरोना संक्रमित पुरुषको निधन भएको छ । यस सँगै जिल्लामा हाल सम्म मृत्यु हुनेको संख्या २ सय २ पुगेको स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुस