काहेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा घोषणा गरेकी छन् । बुधबार प्रदेशसभाको बैठकमा बोल्दै मुख्यमन्त्री शाक्यले राजीनामा घोषणा गरेकी हुन् । उनले प्रदेशसभामा विश्वास सम्बन्धी प्रस्ताव दर्ता गरेकी थिइन् ।
नेकपा एमालेको अल्मतको सरकार भए पनि केही विकासका कामहरू गरेको दाबी गर्दै उनले भनिन्, ‘नेपालको संविधान १६९ ९१० ९क० अनुसार मैले आज मुख्मन्त्रीको नाताले मार्ग प्रशस्त गरेको छु ।’ मुख्यमन्त्री शाक्यले आगामी दिनमा बागमती प्रदेश सभामा मिलेरै अगाडी बढ्नका लागि राजीनामा दिनु नै राम्रो लागेको बताइन् । नेकपा(एमाले) संसदीय दल, मन्त्रीहरू लगायत सबैको भावनाअनुसार आफूले पदबाट मार्ग प्रशस्त गरेको उनको भनाइ छ ।
मुख्यमन्त्री शाक्यले आगामी दिनमा एमाले प्रतिपक्षको रूपमा रहे पनि बागमती प्रदेशको विकासका लागि मिलेर अगाडी बढ्न तयार रहेको बताइन् । सत्तापक्ष र विपक्षबीचमा परम्परागत सोच राखेर प्रदेशको विकास गर्न नसकिने भन्दै उनले बागमतीलाई नमुना प्रदेश बनाउनका लागि एकअर्कालाई सहयोग गरेर अगाडी बढ्नुपर्ने धारणा राखे । बागमती प्रदेश सभाको अर्को बैठक सूचना जारी गरेर बोलाइने सभामुखले जानकारी दिए । प्रस्तावमा कात्तिक ४ गते छलफल भए पनि मतदान लगायतका प्रक्रियाका लागि बुधबारको समय तोकिएको थियो ।