महेन्द्रनगर । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले बाढीपीडित जनतालाई सहयोग गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । पुर्व प्रधानमन्त्री समेत रहेका समावादीका अध्यक्ष नेपालले बिहिबार महेन्द्रनगर स्थित पार्टी कार्यालयको उद्धघाटन गर्दे कञ्चनपुरमा गत साता परेको अविरल वर्षाे पछिको बाढीले अत्याधीक क्षती गरेको भन्दै बाढीपीडितलाई राहत, क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग अघि सारे ।

उनले भने,–‘बाढीपीडितलाई राहत र क्षतीपुर्तीका कार्यक्रम सरकारले ल्याइरहेकाले, सबैमिलेर बाडिपीडित जनतालाई सहयोग गरौँ।’ बाढीपीडित जनतालाई सहयोग गर्न समेत नेपालले कार्यकर्तालाई निर्देशन दिए । फरक प्रसंगमा अध्यक्ष नेपालले केपी ओलीलाई लक्षित गर्दै बादशाहलाई घोडाबाट झाँरिएको कटाक्ष समेत गरे । उनले भने,–‘बादशाहलाई घोडाबाट झारेर नयाँ अवस्था सृजना भएको छ, ‘पाँच दलको गठबन्ध भएको छ, चुनावसम्म रहन्छ ।’

पार्टीले नयाँ किर्तिमान कायम गरेको बताउदै नेपालले सुप प्रदेश संसदीय दलमा पाटी पहिलो बनेको बताए । ‘हामी सुप प्रदेशमा पहिलो, माओवादी दोस्रो, काँग्रेस तेस्रो र केपी ओली त त्यो भन्दा तलतल ।’ आफुहरुले बनाएको पार्टी ओलीले कब्जा गर्न खोजेपछि बिद्रोह गरेर नयाँ पार्टी बनाएको उनले बताए ।

नेकपा एकिकृत समाजवादी कञ्चनपुरका उपसचिव रविन्द्र कुवरले संचालन गरेको कार्यक्रममा समाजवादीका केन्द्रीय, प्रदेश, जिल्ला सहित स्थानीय नेता कार्यकर्ताको सहभागिता रहेको थियो । बिहीबारदेखि समाजवादी कञ्चनपुरको अब भीनपा २ भाँसी महेन्द्रनगरमा नियमित पार्टी कार्यालय संचालन हुनेछ ।

प्रतिक्रिया दिनुस