बझाङ–नेकपा एकीकृत समाजवादी आबद्ध युवासँघले बझाङका बाढी-पहिरोपीडितलाई राहत वितरण गरेको छ। अविरल वर्षाको कारण आएको बाढीले गर्दा ठूलो धनजनको क्षति भएको भन्दै आर्थिक संकलन गरि राहत वितरण गरिएको हो।

युवासंघ बझाङका संयोजक झलक धामी र अखिलका संयोजक विशाल धामीको नेतृत्वमा खप्तड छान्ना गाउँपालिकाका २० घर परिवारलाई १र१ बोरा चामल, १ र१ प्याकेट तेल, १र१ किलो दाल, दुई प्याकेट नुन बितरण गरिएको हो। आज तमैल बजारमा पिडित परिवारलाई बोलाएर राहत बितरण गरिएको युवासंघ नेपाल जिल्ला कमिटि सचिब महेन्द्र खत्रीले बताए ।

बिहिबार थलाराका २५ परिवारलाई १६ बलाङ्केट, १५ बोरा चामल, १३५ केजी दाल, ५० प्याकेट आटो वितरण गरिएको थियो। असोज ३१ देखि ३ गतेसम्म परेको अविरल वर्षाका कारण बझाङ जिल्लामा ३० जनाको मृत्यु भएको थियो भने दर्जनौ घरमा क्षति पुगेको थियो।

प्रतिक्रिया दिनुस