महेन्द्रनगर । कञ्चनपुरमा लागुऔषध नाइट्रोभेट सहित एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिवार बेलुका पुर्नवास नगरपालिका –११ डोकेबजार क्षेत्रबाट एक सय ५ क्याब्सुल नाइट्रोभेट सहित भीमदत्तनगरपालिका–१८ का २० वर्षीय राहुल बाल्मीकीलाई नियन्त्रणमा लिइएको हो ।

बाल्मीकीमाथी संका लागी चेकजाँचका क्रममा उक्त लागुपदार्थ फेला पारेको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिइ आवश्यक कार्वाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस