काठमाडौँ,१४ कात्तिक । राष्ट्रिय बाणिज्य बैंकमा स्थायी जागिर खुलेको छ । लोक सेवा आयोगले विभिन्न १२ पदमा ८०० बढी जनाका लागि आवेदन खुला गरेको हो । ९ औं तहको वरिष्ठ प्रबन्धकदेखि तह ५ को वरिष्ठ सहायक ९सूचना प्रविधिसम्म०का लागि आवेदन खुला गरिएको छ । २ जना वरिष्ठ प्रबन्धक, ६ जना प्रबन्धक र १८ जना उपप्रबन्धक ९प्रशासन०, एक जना उपप्रबन्धक ९लेखा० पनि माग गरिएको छ ।

८४२ जनाका लागि आवेदन माग गरिएकोमा सबैभन्दा धेरै छैटौं तहको प्रशासनतर्फको सहायक प्रबन्धक पदमा २०० जना र त्यसपछि पाँचौं तहको प्रशासन तर्फकै वरिष्ठ सहायक पदमा १७८ जना माग गरिएको छ। आवेदन अनलाइनमार्फत सोमबारदेखि भर्न सकिनेछ । फारामको म्याद मंसिर पाँच गतेसम्म तोकिएको छ ।

प्रतिक्रिया दिनुस